बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

युगान्डामा पहिरोले ६ वटा गाउँ भत्किए

मङ्गलबार, १९ वैशाख २०८०, २१ : १०
मङ्गलबार, १९ वैशाख २०८०

कम्पाला । युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले छवटा गाउँ भत्किएको युगान्डा रेड क्रस सोसाइटी (युआरसीएस) ले मङ्गलबार जनाएको छ।

हिमाली जिल्लामा अविरल वर्षाका कारण २६ वटा घर पूर्णरुपमा भत्किएको र २०० घर अझै जोखिममा रहेको राहत एजेन्सीले जनाएको छ ।  एजेन्सीले विज्ञप्ति जारी गर्दै पानी, सरसफाइ, आश्रय र संरक्षणमा रहेको खाडलमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

विज्ञप्ति अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले युआरसीएससँग मिलेर काम गरिरहेको  र समस्यालाई सम्बोधन गर्न आग्रह गरेको छ।

सोमबार सोही जिल्लामा माटोको ढिस्कोले पुरिएर चार वर्षीय बालकको मृत्यु भएको र दुई जना घाइते भएको एक दिनपछि यो दुःखद घटना भएको हो ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप