आत्महत्या दुरुत्साहन मुद्दामा दुईजना पक्राउ
मङ्गलबार, १९ वैशाख २०८०, २० : ३७
मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेल रहेका छन् ।
विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्दप्रसाद नेपालले गत १४ गते बिहान आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेका थिए ।
गोविन्दको विराटनगरकै रेडप्लस अस्पताल उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । उनको परिवारले गति र सविनाविरुद्ध वैशाख १६ गते मोरङ जिल्ला प्रहरी कार्यालयमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी दिएका थिए ।
सोही आधारमा दुई जनालाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म