समाचार
दार्चुलामा यार्सा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंका
मङ्गलबार, १९ वैशाख २०८०, १६ : ४३

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहानुभूति बटुल्न शिक्षक आन्दोलनमा लर्को
-
सहकारी र लघुवित्त पीडितहरूद्वारा राष्ट्रपति भवननजिक धर्ना
-
भारत, पाकिस्तानसहित १४ देशको भिजामा साउदीले लगायो रोक
-
अमेरिकामा प्राकृतिक प्रकोपको वितन्डा : बाढी र आँधीमा परेर १८ जनाको मृत्यु
-
मेस्सीको कीर्तिमानी गोलले हारबाट जोगियो इन्टर मियामी
-
सरकारी जागिर हत्याउन पत्नीले गरिन् पतिको हत्या