बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण

मङ्गलबार, १९ वैशाख २०८०, १६ : १२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भएपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ । गत आर्थिक वर्ष २०७८/७९मा  ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयको अनुमान छ । 

तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको बताए । उनले नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको बताए । उनले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिको अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम रहेको पनि बताए । 

भण्डारीले तथ्याङ्क बनाउँदा चालु आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रुपमा चल्ने र अर्थतन्त्रमा कुनै अफ्ठ्यारो नबनाउने किसिमले तयार बनाएको बताए । उनले चालु आर्थिक वर्षमा जीडिपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको बताए । उनले अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जिडिपी वृद्धिहुने अनमान गरिएको भएपनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको बताए । 

कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ । अन्य वर्षहरुको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ । 

भण्डारीले आर्थिक वृद्धिदर कम हुनुमा प्रमुख तीन क्षेत्र कृषि, निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम भएको कारण आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको बताए । उनले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको बताए । 

चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जिडिपीमा ६२.४ प्रतिशत,कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप