बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रुपन्देही जिल्लासँग जोडिएको नेपाल–भारत सीमा दुई दिनका लागि बन्द

मङ्गलबार, १९ वैशाख २०८०, १६ : ०१
मङ्गलबार, १९ वैशाख २०८०

नेपाल भारत–सीमा आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग जोडिएको बेलहिया सहितका सीमा नाका आज मध्यरातदेखि बन्द हुन लागेको हो ।

भारतको उत्तर प्रदेशमा २१ गते बिहिबार हुने निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा ४८ घण्टा (तीन दिन) का लागि बन्द गर्न लागिएको हो । 

उत्तर प्रदेशको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)  दुई चरणमा हुनेछ । पहिलो चरण बिहीबार हुँदै छ भने दोस्रो चरण मे ११ मा हुँदै छ । मतगणना भने मे १३ मा हुनेछ । पहिलो चरणमा महाराजगन्ज जिल्लामा मतदान हुनेछ ।

‘ सशस्त्र सीमा बलले सीमा नाका बन्द गर्नेछ । यस अवधिमा अत्यावश्यक कामका लागि  मात्रै अनुमति दिइनेछ,’ जिल्ला निर्वाचन अधिकारी सतेन्द्र कुमारले भने ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारण दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो ।  

नेपालसँग उत्तर प्रदेशले ८४ किलोमिटर लामो खुला अन्तर्राष्ट्रिय सीमा साझा गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप