चार्ल्स तृतीयले राज्याभिषेकमा लगाउनेछन् सुनको लुगा

बेलायतका राजा चार्ल्स तृतीयले राज्याभिषेकको क्रममा लगाउने पहिरन सार्वजनिक भएको छ । उनले त्यस दिन निकै गह्रुँगो र पुजारीले लगाउने खालको रोब्स लगाउने छन् ।
उनले राज्याभिषेकमा निकै टल्किने कपडाहरू लगाउने छन् । तीमध्ये केही त उनका जिजु बुवा जर्ज पञ्चमका लागि बनाइएका थिए ।
समारोहमा राजकुमार विलियम्सले आफ्ना पितालाई ‘सेरेमोनियल रोब’ पहिराउन सहयोग गर्नेछन् ।
राज्याभिषेकका बेला राजालाई सुनको बाहुला भएको कोट लगाउन दिइनेछ जसलाई सुपरट्युनिका भनिन्छ ।
यो रोब जर्ज पञ्चमका लागि सन् १९११ मा बनाइएको थियो । त्यसपछि यसलाई लगातार राज्याभिषेकमा लगाइने गरिन्छ । रानी एलिजाबेथ द्वितीयले पनि यो पहिरेकी थिइन् ।
यसको तौल करिब २ केजी छ । यो बनाउन सुनको कपडा प्रयोग भएको छ । सिल्कको धागोले मसिना सुन र चाँदी बेह्रिएका छन् । यसको एम्ब्रोइडरीलाई पनि निकै स्टाइल दिइएको छ ।
सुपरट्युनिकाको माथि भुईँसम्म छुने इम्पेरियल म्यान्टल वा रोब रोयल भनिने एउटा विशेष खालको लुगा लगाइनेछ । यसलाई सन् १८२१ मा जर्ज चौथोका लागि बनाइएको थियो र यसको तौल ३ देखि ४ किलो छ ।
छातीमा बाँधिने मेन्टलमा सुनौलो चिलको आकृति हुनेछ । यो प्राचीन समयमा राज्याभिषेकको क्रममा लगाइने पहिरनबाट प्रेरित छ । यो पनि सुनको कपडाले बनाइएको हुन्छ ।
राज्याभिषेकमा राजाले बेल्ट र पञ्जा भने आफ्ना हजुरबुवा जर्ज छैटौँले राज्याभिषेकका बेला लगाएको नै लगाउने छन् ।
‘यो राजाको निजी निर्णय थियो,’ किङ्ग्स वर्क्स अफ आर्टको रोयल कलेक्सन ट्रस्टकी उप–सर्वेक्षकले यसबारे जानकारी दिइन् । ‘यी वस्तुहरू उल्लेखनीय अवस्थामा छन्,’ उनले भनिन् ।
चार्ल्स तृतीया र क्यामिलियाको आउँदो शनिवार (मे ६) मा राज्याभिषेक गरिँदै छ ।
कार्यक्रममा नेपालका परराष्ट्र मन्त्री एनपी साउदलगायतका विश्वका विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ