नवनिर्वाचित सांसद यादवले लिए शपथ
मङ्गलबार, १९ वैशाख २०८०, १३ : २७
_DQinqgSjNt.jpg)
काठमाडौँ । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।
चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।