पृथ्वी राजमार्ग एकतर्फीरुपमा खुला
मङ्गलबार, १९ वैशाख २०८०, ११ : ३३

काठमाडौँ । सोमबारदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फीरुपमा खुला भएको छ । धादिङको गणेशखोलामा पुल भासिएपछि अवरूद्ध बनेको राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान साढे १० बजेबदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जानकारी दिए । यद्यपि राजमार्गमा यतिबेला चर्को जाम रहेको छ ।
जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएसँगै सडक एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।