सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ लन्च गर्ने तयारी गर्दै

काठमाडौँ । नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३ यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण प्रशंसा पाइरहेको छ।यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास कम्पनीको छ।
सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एअरक्रसको लन्चपछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयुभी कार हो। सिट्रोन सी ३ ले सिट्रोन सी ५ एअरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ। फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टताप्रति प्रतिबद्धताका लागि प्रख्यात छ । सिट्रोन सी ३ पनि यस मानेमा अपवाद नरहने विश्वास गर्न सकिने कम्पनीको भनाइ छ। आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने कम्पनीको भनाइ छ।
सिट्रोन सी ३ लन्च र कार सम्बन्धी थप अपडेटहरूको छिट्टै आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?