लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अङ्क बाँडे
मङ्गलबार, १९ वैशाख २०८०, ०७ : २३

काठमाडौँ । लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अङ्क बाँडेका छन् । इङ्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अङ्क बाँडेका हुन् ।
किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
लेस्टरका काल्भर्ट लेविनले २२औँ मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो । तर, जेमी भार्डीले ३३औँ मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो । र, पहिलो हाफ २–१ को अन्तरमा टुङ्गियो ।
दोस्रो हाफको ५४औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याइदिए ।
यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अङ्क बटुल्दै १६औँ स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अङ्क बटुल्दै १९औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने
-
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
भारतमा चोरी गरेकाे आरोपमा दुई नेपाली पक्राउ