सिरियाका राष्ट्रपतिले गरे चीनको प्रशंसा
दमास्कस । सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्त्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गरेका छन् ।
शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत झाई जुनसँगको भेटमा असदले उक्त टिप्पणी गरेका हुन् ।
सिरियाको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित मुद्दाहरूमा चीनको दृढ समर्थनको सिरियाले सराहना गरेको उनले बताए ।
सिरियाले बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्र रहेर चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई मजबुत बनाउन चाहेको उनले बताए ।
यसैबीच असदले इरान र साउदी अरबबीचको मेलमिलापमा सफलतापूर्वक मध्यस्थता गरेकोमा चीनलाई बधाई दिँदै यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताए ।
सिरियाको अन्य अरब राष्ट्रसँगको सम्बन्धलाई प्रवर्द्धन गर्न चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै असदले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनले ठूलो भूमिका निर्वाह गरेकोमा स्वागत गरे ।
हालैका वर्षहरूमा चीन–सिरिया सम्बन्ध निरन्तर विकसित हुँदै गएको र राजनीतिक पारस्परिक विश्वास निरन्तर वृद्धि भएको उल्लेख गर्दै सिरियासँग मिलेर दुई देशको मुख्य चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न र नयाँ प्रगति हासिल गर्न दुवै पक्षबीच मैत्रीपूर्ण सहयोग लाई बढवा दिन चीन इच्छुक रहेको झाईले बताए ।
झाईले सिरियाको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान र कायम राख्नुपर्ने उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र पश्चिमा मुलुकलाई सिरियाविरुद्ध एकतर्फी प्रतिबन्ध र आर्थिक नाकाबन्दी तत्काल हटाउन आग्रह गरे । उनले सिरियाली जनतालाई मानवीय र विकास सहायता प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै चीन सिरियाको अरब मुलुकसँगको सम्बन्ध सुधारमा रचनात्मक भूमिका निर्वाह गर्न इच्छुक रहेको उल्लेख गरे ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)
-
बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
-
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण