संघीयता घाँडो भयो, प्रदेश संरचना खारेज गर्नुपर्छ : अध्यक्ष थापा
सोमबार, १८ वैशाख २०८०, १८ : १५

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नेपाललाई घाँडो भएको बताएका छन् ।
१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकार सम्पन्न गर्नुपर्ने बताए ।
लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै उनले सीमित नेताहरू आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए ।
माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भएको भन्दै उनले शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्वीकार्य नहुने बताए ।
अध्यक्ष थापाले अयोग्य लडाकुको नाममा करोडौं बाढ्ने विषय आपत्तिजनक भएको स्पष्ट पारे ।