अध्यक्ष लिङ्देन भन्छन्–श्रमिकहरूलाई शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् ।
सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई निःशुल्क रूपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन् ।
श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने उनले बताए । सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि उनले बताए ।
अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरूले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । देशका श्रमिकहरूलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु