सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल
सोमबार, १८ वैशाख २०८०, १५ : ४९

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा वैशाख १८ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टिमले सो खेलमा सञ्चारकर्मीहरूको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको हो ।
सोही दिन प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको विषयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाहरूको बारेमा प्रष्ट पारेका थिए भने सशस्त्र प्रहरी बल नेपालबाट २०७९ सालमा भए गरेका कामकारबाही बारे सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो
-
निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
-
बुटवलमा एमालेको जागरणसभा सुरु
-
राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सुझाव
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव