तीन दिनमा युक्रेनमा रुसको दोस्रो आक्रमण

रुसले तीन दिनमा युक्रेनमा दोस्रो आक्रमण गरेको छ । रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण जारी राखेको र तीन दिनभित्र दोस्रो पटक आक्रमण गरेको हो । उक्त आक्रमणका कारण खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने निप्रोपेट्रोभस्कमा तीन बालबालिकासहित २५ जना घाइते भएका छन् ।
युक्रेनको सुरक्षा बलले देशको वायु रक्षा बलले १८ मध्ये १५ वटा मिसाइल असफल पारेको जनाएको छ । डिनिप्रो नजिकैको पाभलोहराद सहरलाई पनि निशाना बनाइएको छ ।
आक्रमणबाट १९ वटा अग्ला भवन, अपार्टमेन्ट ब्लक्स, २५ निजी घर, ६ स्कुल र किन्डरगार्टन र पाँच वटा पसलमा क्षति पुगेको छ ।
पाभलोहराद युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र हो र यो युद्ध मोर्चाबाट ११० किलोमिटर टाढा छ ।
पछिल्लो समय रुसले युक्रेनमा तीव्र आक्रमण गरेको छ । यसमा युद्ध मोर्चाको नजिक रहेका क्षेत्रहरू समावेश छन् । शुक्रबार केन्द्रीय सहर ओस्मान नजिकै भएको आक्रमणमा २३ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता