केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य
सोमबार, १८ वैशाख २०८०, १५ : १२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा डा.सुरेश आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
त्यसैगरी उनले कांग्रेसका विभिन्न समितिहरुमा रहेर काम गरिसकेका छन् । आचार्यलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का रहेका छन् ।