जनशक्ति नथपिए पनि बिओपी थपेका छौँ : आईजीपी अर्याल

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका हुन् ।
सशस्त्र प्रहरी नियमावली र कार्यविधि अनुसार सरुवा र बढुवा गरेको अर्यालले बताए । उनले भने, ‘योग्यता र क्षमता अनुसार सरुवा र बढुवा गरेका छौँ ।’
सशस्त्र प्रहरीको जनशक्ति कम भएको उल्लेख गर्दै आईजीपी अर्यालले थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको सङ्ख्या थप्ने बताए । अर्यालले भने–‘जनशक्ति नथपिए पनि बोर्डर आउट पोस्ट थपेका छौँ ।’
संरचनात्मक कार्य अन्तर्गत सशस्त्र प्रहरीले सीमा सुरक्षा चौकीहरू थप गर्दै लाने योजना बनाएको छ । पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका २१ ठाउँमा बिओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बिओपीको सङ्ख्या २ सय २९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने