रास्वपाको केन्द्रीय समिति बैठक बसुन्धरामा सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको छ । उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने/नजाने विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए । ‘अहिले केन्द्रीय समिति बैठक बस्दै छ । बैठकमा सभापति ज्यूलाई दलको नेता चयन गर्ने र सरकारको विषयमा छलफल हुन्छ’ ती नेताले भने, ‘त्यसपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन र सरकारका विषयमा निर्णय हुन्छ ।’
बैठकमा ४० जना केन्द्रीय सदस्यलाई पार्टी निर्माण र सरकारका विषयमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठकले सरकारमा जाने/नजाने विषयमा स्पष्ट बुझिने गरी निर्णय गर्ने ती नेताले बताए । सरकारमा गए किन जाने ? यदि नगएमा किन नजाने ? भन्ने विषयमा पनि स्पष्ट गराउने तयारी गरिएको छ । सो पार्टीका अधिकांश नेताहरूले सरकारमा जान नहुने भन्दै दबाब बढाइरहेका छन् । सरकारमा जान नहुने मत बलियो हुँदै गएमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बस्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा हुने
-
पत्नीसँग खिचेको तस्बिरलाई लिएर जेलेन्स्कीलाई मस्कले किन गरे गाली ?
-
माओवादीद्वारा वित्तीय संघीयताका नाममा अमेरिकाले दिएको अनुदानबारे सरकारको धारणा माग
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ