बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

तीन हजार मुक्तकमैया धनगढीमा भेला

सोमबार, १८ वैशाख २०८०, १२ : ३७
सोमबार, १८ वैशाख २०८०

धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका ३ हजार बढी मुक्तकमैया धनगढीमा भेला भएका छन् । मुक्तकमैया पुनस्र्थापना लगायतका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलित उनीहरु आज धनगढीमा भेला भएका हुन् । उनीहरुले वैशाख १४ गतेदेखि मुक्तकमैया, बुक्रही र कमलरीको न्यायिक पुनस्र्थापनाको माग राख्दै अधिकार यात्रा सुरु गरेका थिए । सो अभियान अन्तर्गत उनीहरु धनगढीमा भेला भएका हुन् ।  

मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका १५१ वटा शिविरबाट उनीहरु धनगढी आएका छन् । जसमा कैलालीका १२५ र कञ्चनपुर जिल्लाका २६ वटा शिविर कमैया सहभागी छन् । आज गेटा एयरपोर्टस्थित मुक्तकमैया शिविरबाट धनगढी चौराहासम्म अधिकारका लागि साइकल यात्रा हुने र चौराहादेखि धनगढी हाटबजारसम्म र्याली हुने बताइएको छ ।

kamaia

आजै मुक्तकमैया समाजको प्रथम प्रदेश सम्मेलन पनि उद्घाटन हुने भएको छ । सम्मेलनले नेतृत्व चयनसहित आगामी एजेण्डा तय गर्ने जनाइएको छ । सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो भने २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । सरकारी तथ्यांकअनुसार कञ्चनपुरमा सबै मुक्तकमैया पुनस्र्थापना भएको देखिन्छ भने कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको देखिएको छ । तर समाजको तथ्यांकअनुसार कैलालीमा ९५३ र कञ्चनपुरका १२९ जना गरी १ हजार ८२ जना मुक्तकमैयाको अझै पुनस्र्थापना हुन बाँकी रहेको छ ।

समाजको तथ्यांक अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन् । त्यस्तै, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १५८ जनाले परिचय पत्र पाएका छन् । सुदूरपश्चिममा अझै १ हजार ७३५ मुक्तकमलरीहरु परिचयपत्र पाउनबाट छुटेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ ।

kamaiaa1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप