१० खेलाडीमा सीमित पीएसजी स्तब्ध
सोमबार, १८ वैशाख २०८०, ०७ : २८

पेरिस । १० खेलाडीमा सीमित पेरिस सेन्ट जर्मेन लोरिएन्टसँग आफ्नै घरेलु मैदानमा ३–१ गोलले पराजित भएको छ । सन् २०२३ का सबै प्रतियोगितामा टोलीको यो नवौँ हार हो ।
खेलको १५ औँ मिनेटमा एन्जो ले फिले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए । खेलको २० औँ मिनेटमा अचरफ हाकिमीले दोस्रो पहेँलो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित बनेको थियो । यसका बाबजुद २९ औँ मिनेटमा किलियान एम्बाप्पेले बराबरी गोल फर्काए ।
तर, ३९ औँ मिनेटमा योङ्वाले गोल गर्दै लोरिएन्टलाई पुनः अग्रता दिलाए । ८७ औँ मिनेटमा डेइङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पाँच खेल बाँकी छँदा पीएसजी लिग वानको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको मार्सेभन्दा ५ अङ्कले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला