सात गोलको थ्रिलरमा लिभरपुल विजयी

लिभरपुल । नाटकीय खेलको इन्जुरी समयमा डिओगो जोटाले गोल गरेपछि लिभरपुलले सात गोलको थ्रिलरमा टोटनहम हटस्पर्सलाई ४–३ गोलले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा स्पर्स खेलको सुरुवाती १५ मिनेटमा तीन गोलले पछि परेको थियो । कर्टिस जोन्स, लुइस डियाज र मोहमद शालाहले एक–एक गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा ह्यारी केनले स्पर्सका लागि एक गोल फर्काए ।
दोस्रो हाफको ७७ औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै लिभरपुलको अग्रता कम गरे । इन्जुरी समयको ९३ औँ मिनेटमा रिचार्लिसनले स्पर्सका लागि बराबरी गोल गरे । खेल बराबरीमा सकिने सबैले अपेक्षा गरिरहँदा जोटाले ९४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई जीत दिलाए । जीतपछि लिभरपुल लिगको पाँचौँ स्थानमा उक्लिएको छ । स्पर्स भने छैटौँ स्थानमा खस्किएको छ ।
उता, ब्रुनो फर्नान्डेजको १ सयौँ करियर गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाको १० खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । जीतसँगै युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । ३२ खेलबाट ६३ अङ्क बटुल्दै युनाइटेड लिगको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छ : गृहमन्त्री लेखक
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो
-
निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
-
बुटवलमा एमालेको जागरणसभा सुरु
-
राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सुझाव