हालान्डको ५० औँ गोल, सिटी शीर्ष स्थानमा

लण्डन । अर्लिङ हालान्डको सिजनको ५० औँ गोलको मद्दतले म्यानचेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटी २–१ गोलले विजयी भएको हो ।
खेलको तेस्रो मिनेटमा पेनाल्टीबाट गोल गर्दै हालान्डले टोलीलाई अग्रता दिलाएका थिए । योसँगै उनी सन् १९३१ मा एस्टन भिल्लाका टोम ‘पोंगो’ वारिङ पछि बेलायतको शीर्ष लिगमा एकै सिजनमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै, नर्वेजिन स्ट्राइकरले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बराबरी गरेका छन् । एन्डी कोल र एलन सिएररले एकै सिजन ३४ गोल गरेका थिए ।
१५ औँ मिनेटमा कार्लोस भिनिसियसले खेल बराबरी गरे पनि ३६ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै ३२ खेलबाट ७६ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम ४५ अङ्कसहित लिगको १० औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार