तीन बलमा तीन छक्का, राजस्थानमाथि मुम्बईको जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १००० औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । राजस्थानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पछ्यायो ।
रोमाञ्चक खेलमा मुम्बईलाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। टिम डेभिडले पहिलो ३ बलमा ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । डेभिड १४ बलमा ४५ रन बनाएर नटआउट रहे ।
यसअघि मुम्बईका लागि सूर्यकुमार यादवले २९ बलमा ५५ रन बनाए । उनी आउट हुँदा मुम्बईलाई ४ ओभरमा ५७ रन चाहिएको थियो। १६औं ओभरमा सूर्यकुमार यादवको विकेट खसेपछि ब्याटिङमा आएका टिम डेभिडले टोलीलाई जीतसम्म डोर्याए ।
पहिलो इनिङ्समा राजस्थानका २१ वर्षीय यशस्वी जैसवालले ५३ बलमा शतक प्रहार गर्दै टोलीको स्कोर २ सयभन्दा माथि पुर्याएका थिए । उनले ६२ बलमा १२४ रन बनाएर नटआउट रहे । यो उनको आईपीएल करियरको पहिलो शतक पनि हो । यही प्रदर्शनका लागि यशस्वीले प्लेयर अफ द म्याचको अवार्ड पाए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु