सरकार र महावीर पुनबीच सोमबार पुनः वार्ता हुने

काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सोमबार पनि वार्ता हुने भएको छ । आइतबार राति भएको वार्तामा कुरा नमिलेपछि सरकार र पुनबीच पुनः वार्ता हुने भएको हो । सिंहदरबारमा भएको वार्तामा सबै कुरा मिलिनसकेको पुनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् : ‘आज ५ः ३० बजेदेखि ९ बजे रातिसम्म सिंहदरबारमा वार्ता भयो । भोलि ३ः ३० बजे दिउँसो फेरि वार्ता गर्ने निर्णय भयो । सबै कुरा मिलेको छैन ।’
आज दिउँसो पनि दुई पक्षबीच वार्ता भएको थियो । सो वार्तामा साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी अघि बढ्ने सहमति भएको थियो । तर साँझ भएको वार्तामा पनि कुरा मिलेन । वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोली सहभागी थियो ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए। अन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा