सेनाद्वारा विमानस्थलमा विपद् व्यवस्थापनको पूर्वाभ्यास
काठमाडौँ । नेपाली सेनाले विमानस्थल अवतरण र उडानका बखत आउन सक्ने आकस्मिक चुनौतीको अवस्थामा तत्काल जनशक्ति परिचालन भई कसरी समन्वयमा कार्य सम्पादन गर्ने भनी पूर्वाभ्यास गरेको छ ।
विमानस्थलबाट उडेका तथा बाहिरबाट आएका विमान आकस्मिक अवतरण गर्न परेको खण्डमा सेनाका विभिन्न एकाइ र जनशक्तिबीचको समन्वयमा गरिनुपर्ने कार्य र अपनाउनपर्ने सावधानीलाई केन्द्रित गरी पूर्वाभ्यास गरिएको हो ।
पूर्वाभ्यासका क्रममा सुरक्षा दस्ता, दमकलसहितको उद्धार तथा व्यवस्थापन, इन्जिनियर्स र स्वास्थ्य टोलीबीचको समन्वयनमा गरिने कार्यको करिब डेढ घण्टाको उद्धारसम्बन्धी पूर्वाभ्यास गरिएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उक्त अभ्यासका क्रममा विमान उडान र अवतरणमा कुनै प्रभाव नपरे पनि त्यस क्षेत्रको सडक यातायातको व्यवस्थापनमा भने केही प्रभाव परेको देखिन्थ्यो । छाउनी अस्पतालबाट स्वास्थ्य टोली, महाराजगञ्जमा तैनाथ विशेष बाहिनी, सुन्दरीजलबाट दमकलसहितको व्यवस्थापन टोली इमर्जेन्सी साइरन बजाएर त्यहाँ पुगेकाले पनि साँझको सडक यातायात व्यवस्थापनमा भने केही चाप परेको थियो ।
सेनाले हवाई जहाज अवतरण र उडानसँग सम्बन्धित आपत्कालीन अवस्थामा गरिने विपद् व्यवस्थापनको सफल अभ्यास गरेको प्रवक्ता भण्डारीले बताए । उनले भने, “विमानस्थलमा आकस्मिक अवतरणमा आइपर्ने सक्ने चुनौतीलाई सहज व्यवस्थापन गर्ने कार्यमा सेनाका युनिट र जनशक्तिको मात्र सहभागिता रहेको अभ्यासबाट अप्ठेरो पर्दा गरिने कामको क्षमतासमेत परीक्षण हुन्छ ।”
अभ्यासको नेतृत्व सहायक रथीस्तरबाट भएको थियो । सेनाले यसअघि पनि अरू सरोकार निकायसँगको सहकार्यमा यस्ता अभ्यास गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी