सर्पको टोकाइबाट एकजनाको मृत्यु
आइतबार, १७ वैशाख २०८०, २१ : २७

हेटौँडा । हेटौँडामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । आइतबार हेटौँडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार कँडेलले घर नजिकै रहेको जङ्गलबाट आफैँले सर्प ल्याएका थिए । उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औँलामा टोक्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए ।
कँडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्ने बारे खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल