कर्णाली प्रदेशसभाका विषयगत समिति गठन

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिहरु गठन भएका छन् । प्रदेशसभाको १५ औँ बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी गराएकी हुन् ।
प्रदेशसभा अन्तर्गत चार वटा संसदीय समिति छन् । जस अन्तर्गत प्रदेश मामिला समितिमा जानकी सिंह, कल्यानी खड्का, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, रणसिंह परियार, महेन्द्र केसी, सुरेश अधिकारी छन् ।
सार्वजनिक लेखा समितिमा जीत बहादुर मल्ल, तुल्सा मल्ल, जीवनबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट, सन्तोषी शाही, देवेन्द्रबहादुर शाही छन् भने अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, विजया बुढा, वीर बहादुर शाही, विनोदकुमर शाह, शेरबहादुर बुढा, हिक्मत विष्ट छन् ।
सामाजिक विकास समितिमा इन्द्रा कुमारी शाही, कलबहादुर हमाल, गोमता विक, घनश्याम भण्डारी, जुम्किता लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीव विक्रम शाह छन् ।
प्रदेशसभा नियमावलीको परिच्छेद–२१ मा प्रदेशसभाका समितिहरु सम्बन्धी व्यवस्था छ । प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति र आवश्यकता अनुसार अन्य समिति गठन गरिने व्यवस्था नियमावलीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव