‘जवान’ मा शाहरुखको दोहोरो भूमिका
_uauFxd1h21.jpg)
मुम्बई । पछिल्लो समय बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान लगातार चर्चामा छन् । उनको चर्चाको कारण फिल्म ‘पठान’ र ‘जवान’ भएको छ ।
‘पठान’ मार्फत उनी ४ वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्म सुपरहिट सावित भइसकेको छ ।
‘पठान’ को चर्चा सेलाउन नपाउँदै अहिले उनी आगामी फिल्म ‘जवान’को कारण चर्चा छाइरहेका छन् । फिल्मका निर्देशक साउथका चर्चित निर्देशक एटली रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार ‘जवान’ भारतीय फिल्मका दुई दिग्गज कलाकार अमिताभ बच्चनको १९८६ मा आएको फिल्म ‘आखिरी रास्ता’ र कमल हासनको फिल्म ‘ओरु कडियान डायरी’ बाट प्रेरित भएको हो । यी दुवै कलाकारले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।
फिल्म ‘जवान’ मा पनि शाहरुख बाबु र छोराको दोहोरो भूमिकामा देखिने बताइएको छ । तर यसको औपचारिक घोषणा भने हुन बाँकी छ । फिल्ममा शाहरुखको अलवा नयनतारा, विजय सेतुपति र सान्या मल्होत्राको पनि मुख्य भूमिका छ । योसँगै ‘पुष्पा’ स्टार अल्लु अर्जुन शाहरुखको फिल्ममा केमियो रोलमा देखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ