प्रधानमन्त्री प्रचण्डले गरे रविलाई सरकारमा आउन आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले भेटेरै बधाई दिने भन्नुभयो । सभापतिज्यू बालुवाटार भेट्न जानुभयो । बधाई दिनुभयो’ रास्वपाका एक नेताले भने, ‘राजनीतिक नेता भेट्न गएपछि केही कुरा हुने भयो । उहाँ (प्रधानमन्त्रीज्यू) ले सरकारमा आउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने भन्नुभयो ।’ प्रधानमन्त्री प्रचण्ड रवि सरकारमा आए आफूलाई सहज हुने बुझाईमा छन् । तर, रविले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिएको ती नेताले बताए । भेटमा रविले पार्टी बैठकबाट एक मतले जस्तो निर्णय गर्छ त्यो कार्यन्वयन गरेर जाने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल