देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद
_B3bm9qxFOs.jpg)
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् ।
आइतबार शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री साउदले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको उनले बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो ।
मन्त्री साउदले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले समाधानका लागि प्रतिबद्ध रहेको बताए । आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने उनले बताए । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उनले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए ।
मन्त्री साउदले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्दा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको सूचनाः वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्
-
‘मैले आफन्तलाई भनिदिएको छु : जसको घरमा पुस्तकालय छैन, म त्यो घरमा चिया पनि खान्नँ’
-
शिक्षकहरुको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
-
शिक्षकहरूको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
-
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
-
म्यान्मा भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो