शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

थुनिएको अरुण नदी खोलियो

आइतबार, १७ वैशाख २०८०, १५ : ०१
आइतबार, १७ वैशाख २०८०

विराटनगर । सुक्खा पहिरो झरेर थुनिएको अरुण नदी खुलेको छ । 

निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर नदी प्रवाह रोकिएको थियो । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले दिउँसो साढे २ बजेदेखि थुनिएको नदी आफ्नै बहावमा फर्किएको बताए । नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए । 

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा आइतबार बिहान पहिरो खसेको थियो । त्यसक्रममा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप