बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
माग पूरा गर्न पहल

महावीर पुनको माग पूरा गर्न वार्ताकै क्रममा प्रचण्डको दुई पटक फोन

आइतबार, १७ वैशाख २०८०, १४ : २२
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आन्दोलनमा होमिएका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सम्बोधन गर्न चासो देखाएका छन् । 

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आइतबार भएको वार्ताको क्रममै प्रचण्डले माग पुरा गर्नका लागि दुई पटक फोन गरेर चासो देखाएको महावीर पुनले बताए । 

बैठक अत्यन्तै सकारात्मक बनेको बताउँदै उनले भने, ‘छलफल एकदमै सकारात्मक छ, किनभने हामीले यहाँ रक्षामन्त्रीजीसँग वार्ता गर्दागर्दै पनि प्रधानमन्त्रीजीले दुई पटक फोन गर्नुभयो । यो छलफलचाहिँ सकारात्मक जस्तै देखिएको छ ।’

उनले आफूहरुको माग भोलिसम्ममा पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएको बताए । पुनले प्रधानमन्त्रीकै चासोमा आफूहरुलाई वार्तामा बोलाइएको पनि बताए । 

‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’

पुनले आविष्कारसँग सम्बन्धित माग राखेर शुक्रबारदेखि माइतीघरमा आन्दोलन थालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप