डा. इनुका कृति विमोचित

काठमाडौँ । साहित्यकार डा. इनु महत खड्काका दुई कृति ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यञ्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’को एकसाथ विमोचन गरिएको छ ।
साहित्यिक पत्रकार सङ्घद्वारा वैशाख १६ गते अरनिको भिलेज रिसोर्ट भक्तपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसी, राधेश्याम लेकाली, घनश्याम राजकर्णिकार, प्रतीक ढकाल, कृष्ण दाहाल लगायतले संयुक्त रूपमा ती अनुसन्धानात्मक कृतिको विमोचन गरेका हुन् ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ समालोचकहरू प्राडा कृष्णप्रसाद दाहाल, प्राडा गोविन्दमान सिंह कार्कीले कृतिबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।
यसैगरी समालोचकहरु डा. शान्ति गिरी, नीलकण्ठ भुसाल र प्राडा देवमणि भट्टराईले पनि दुवै कृतिका बारेमा पाठकीय टिप्पणी गरका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला