सरकार र आन्दोलनमा होमिएका महावीर पुनबीच सिंहदरबारमा वार्ता

काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ । पुनको माग सम्बोधनको प्रयासस्वरुप सिंहदरबारस्थित रक्षा मन्त्रालयमा केहीबेर अघिदेखि वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागी रहेका छन् । यस्तै पुनको तर्फबाट पुनसहित उनी निकट अरु दुई जना रहेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट शुक्रबारदेखि आन्दोलन थालेका थिए । माइतीघरमा धर्ना दिँदै आएका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने माग राखेका छन् ।
२०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएको पुनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा