नेपाल पुनर्बिमाद्वारा लाभांश घोषणा
आइतबार, १७ वैशाख २०८०, १२ : ३०
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैठकले उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने जनाएको हो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने