आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच कारोबार सम्झौता
आइतबार, १७ वैशाख २०८०, १२ : ०३

काठमाडौँ । आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आई पे रेमिटको कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषि राम ढकालले हस्ताक्षर गरेका छन् ।
यससँगै आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटेन्स रकम राष्ट्रिय वाणिज्य बैंकको शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
विगत १२ वर्ष देखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपालभर छरिएर रहेका २००००ंं+ बढी साझेदारबाट भुक्तानी सेवा दिँदै आएको छ ।
साथै कम्पनीले रियल टाइम अकाउन्ट डिपोजिट/रियल टाइम आलेट टपअप र क्यास पिकअप सुविधासमेत प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
-
दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र