म्याग्दीका सांसद गर्बुजाले गरे महावीर पुनको आन्दोलनलाई समर्थन
![म्याग्दीका सांसद गर्बुजाले गरे महावीर पुनको आन्दोलनलाई समर्थन](https://npcdn.ratopati.com/media/news/khambahadur-garbuja_VecCsM0n7x.jpg)
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाएका छन् । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महावीर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
म्याग्दीबाट निर्वाचित सांसद गर्बुजाले महावीर पुनका जायज माग पुरा गर्न समेत सरकारलाई आग्रह गरे । ‘नेपालका मुर्धन्य वैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘ अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने लगायत मागसहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पूर्ण ऐक्यबद्वता छ,’ गर्बुजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफूले आवाज उठाउने समेत प्रतिबद्धता जनाए । ‘देशभक्त वैज्ञानिकले उठाएका मागहरुको सम्बन्धमा सडक र सदनबाट आवाज उठाएर साथ दिन तयार छु। सरकारले उहाँका मागहरुलाई अविलम्ब पुरा गरोस् भन्ने जोडदार माग गर्दछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
भिल्लासँग हार्यो स्पर्स, दबाबमा पोस्टेकोग्लु
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
बिरेन सिंहद्वारा मणिपुरको मुख्यमन्त्री पदबाट राजीनामा