ट्रेजरीमार्फत २७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार
आइतबार, १७ वैशाख २०८०, १० : ५९
काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । उक्त ट्रेजरी आइतबार बोलकबोल हुँदैछ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरु आइतबार दिउँसो ३ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टयाइएको छ । जसमध्ये ९१ दिने र १८२ दिने गरी ६ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो भने बाँकी सबै रकम पुरानो ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।
यसअघि वैशाख ११ गते राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका दौरान १५० भन्दा बढी महिलाको कैदीको बलात्कारपछि हत्या
-
नागरिकप्रति उत्तरदायी हुन मन्त्री महर्जनको निर्देशन
-
लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र