सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
आइतबार, १७ वैशाख २०८०, १० : ५२

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि आएको हो । सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि आएसँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो । सुनको मूल्यमा सामान्य वृद्धि आएको दिन चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी