युद्धविरामका बाबजुद सुडानमा लडाइँ जारी, राजधानीमा आक्रमण गर्ने सेनाको तयारी
खार्तुम । सुडानको सेनाले राजधानी खार्तुममा आक्रमण गर्नका लागि ठुलो सङ्ख्यामा ट्याङ्क र तोप तैनाथ गरेको छ । युद्धविरामको अवधि ७२ घण्टा थप गरिए पनि हवाई र जमिनी हमला जारी रहेको छ ।
सेनाले सर्वसाधारणलाई घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपिल गरेको छ ।
सेनाले राजधानी खार्तुममा चारैतर्फबाट हमला गरिरहेको जनाएको छ । युद्धविरामका बेला पनि सेनाले प्रतिद्वन्द्वी अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेसद्वारा कब्जा गरिएको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरिरहेको छ ।
छिमेकी देश दक्षिण सुडानको सरकारले दुई पक्षका प्रतिनिधिहरूलाई शान्ति वार्ता गराउने प्रयास गरिरहेको जानकारी दिएको छ । सुडानका पूर्व प्रधानमन्त्री अब्दुल्ला हमदोकले दुवै पक्षबीच संवादका लागि अन्तर्राष्ट्रिय स्तरमा एकीकृत प्रयास गर्न अपिल गरेका छन् ।
हमदोकले यसलाई मूर्खतापूर्ण लडाइँको संज्ञा दिँदै यसमा कुनै पनि पक्षको जीत नहुने दाबी गरेका छन् । यो युद्धका कारण देशको हालत सिरिया र लिबियाभन्दा खराब हुन सक्ने उनको चेतावनी छ ।
पछिल्ला दुई हप्तादेखि जारी युद्धमा सयौँको सङ्ख्यामा मारिएका छन् । त्यस्तै हजारौँले देश छाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण