सबै भन्दा बढी विप्रेषण भित्र्याएकोमा हिमालयन बैंक सम्मानित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैक लिमिटेडलाई सम्मानित गरेको छ ।
सो समारोहमा सम्मान स्वरूप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् । हिमालयन बैंकले आर्थिक वर्ष २०७८-७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।
करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा “हिमाल रेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैकले संसार भरी अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।
हाल बैकले देश भरि फैलिएका हिमाल रेमिटका १८ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रूपमा भुक्तानी गर्दै आएको छ । बैंकले देश भरी रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरूबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक