लोपोन्मुख पहरी समुदायका लागि निर्मित नमुना वस्ती उपप्रधानमन्त्री श्रेष्ठद्वारा हस्तान्तरण
सर्लाही। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार वाग्मती नगरपालिकाको अगुवाइ र मधेस प्रदेश सरकारको समेत सहयोगमा लोपोन्मुख एवम् दलित पहरी समुदायका लागि निर्मित नमुना वस्तीको सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका छन् । नदी किनारमा अव्यवस्थित बसोबास गर्दै आएका १२ पहरी परिवारका ७० जनसंख्याका लागि वाग्मती-११ मा निर्मित १२ वटा एकतल्ले पक्की घर गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरेका हुन् । लोपोन्मुख पहरी समुदायको परम्परागत पेशा माछापालन हो। कतिपयलाई भने हाल वाग्मती नगरपालिकाले क्षमता अनुसार रोजगारी समेत दिएको छ।
वस्ती हस्तान्तरणसँगै पहरी समुदायसहित सहभोज समेत गरिएको थियो। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले हरेक सीमान्तीकृतहरूलाई सामाजिक न्यायको अनुभूति हुनेगरी गुणात्मक आर्थिक-सामाजिक विकास गर्नु वर्तमान सरकारको मुल प्राथमिकता रहेको बताए । वाग्मती नगरपालिकाका मेयर भरत थापाले लोपोन्मुख पहरी समुदायको व्यवस्थापन नगरपालिकाको प्राथमिक दायित्व भएको बताए ।
त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले नेकपा (माओवादी केन्द्र)को पहलमा सहिद ईन्द्र कोइरालाको परिवारका लागि निर्मित आवास समेत हस्तान्तरण गर्नुभएको छ। वाग्मती-१२ मा निर्मित उक्त पक्की आवास १० बर्षे ऐतिहासिक जनयुद्धमा सर्लाहीबाट पहिलो सहिद भएका ईन्द्र कोइरालाकी लक्ष्मी कोइरालालाई औपचारिक हस्तान्तरण गरिएको हो। कोइराला परिवारको आर्थिक अवस्था कमजोर छ।
उपप्रधानमन्त्री श्रेष्ठले आजै लालबन्दीमा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा, मधेस प्रदेश सम्मेलनको उद्घाटन गरे। त्यसक्रममा उनले जातीय विभेद र उत्पीडन अन्त्यका लागि वर्तमान सरकार दलितका लागि अझै विशेष अधिकार सुरक्षीत गर्नुपर्ने पक्षमा रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)