वैशाख १७ गतेदेखि नेपाल बारले दबाबमूलक अभियान थाल्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले वैशाख १७ गतेदेखि एक हप्ताका लागि दबाबमूलक अभियान सुरु गर्ने भएको छ । एसोसिएसनले न्यायपालिकामा देखिएको विकृति र विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने लगायतका माग राखी एक हप्ते अभियान सुरु गर्न थालेको हो । एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालले एक विज्ञप्ति जारी गर्दै वैशाख १७ गतेबाट एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउने अभियानको सुरुवात गर्ने बताएकी छन् ।
उनले एसोसिएसनमा आबद्ध देशैभरका बार एकाइहरूलाई सोही बमोजिम अभियानको तयारीमा लाग्न समेत आग्रह गरेकी छन् । विज्ञप्तिमा सो अभियान सञ्चालन गर्दा सेवाग्राहीको काममा असर नपर्ने गरी सञ्चालन गर्न सबै एकाइहरूलाई सूचित गरिएको छ । एसोसिएसनले एक हप्ते अभियानका आठवटा नारा समेत तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ