बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनकपुरधाम सांस्कृतिक महोत्सव सम्पन्न

शनिबार, १६ वैशाख २०८०, १५ : ४७
शनिबार, १६ वैशाख २०८०

धनुषा । जनकपुरमा ‘जनकपुरधाम सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ ।  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जको सहकार्यमा जनकपुरस्थित मिथिला यात्री निवासमा सो महोत्सवको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले गरेका थिए । 

महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक सांस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएका थिए  । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कोदोबाट बनेका स्थानीय परिकार कार्यक्रमको विशेष आकर्षणको रूपमा रहेको थियो ।   

कार्यक्रममा लोक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा कलाकारहरूले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । मिथिला नाट्य कला परिषद् (मिनाप) का कलाकारहरूले मैथिली लोक गीत तथा नृत्य प्रस्तुत गरेको बताइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप