कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर १ पुरुषको मृत्यु
शनिबार, १६ वैशाख २०८०, ११ : ४८

कञ्चनपुर । कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दानबहादुर चुनाराको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु भएको बताएको छ। करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल