काठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण रोकिएको हो । वर्षा भएपछि कीर्तिपुर क्रिकेट मैदानलाई पनि कभर गरिएको छ । दर्शकहरु वर्षा रोकिने र खेल सुरु हुने प्रतिक्षामा छन् ।
जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन जोडेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।
प्रतिक्रिया