आमा

निस्वार्थ रुपले सन्तानरुपी बिज रोपेर,
आफ्नो कोखमा राखी, फल दिने वृक्ष बनाई,
पराईको घर, मन र दियालो सजाउन,
कति सजिलै पठायौ है आमा अरुको साथ लगाई ।
तिमीलाई पक्कै पनि था हुँदो हो,
तिम्री छोरीको भाग्य बलियो मात्र हुन नसक्ला,
तिमीलाई पक्कै पनि था हुँदो हो,
तिम्रो छोरीको पसिना र होलीमा
पराई घर रम्न सक्ला नसक्ला ।
तै पनि आफ्नो जिउने सहारालाई
आफ्नो हाँस्ने एउटा मात्र भरोसालाई
कति सजिलै पठायौ आमा,
निरीह निस्प्राण भई, दिल टुटाई, मुटु टुक्राई
निरीह भएर समाजको नाममा टाउको ठोक्काई ।
पक्कै थाहा थियो होला तिमीलाई
तिम्री छोरीले भोलि,
मुटुमा ढुङ्गा राखेर हाँस्दै, आउनेछिन्,
अनि भन्ने छिन् म खुसी छु
संसारकै भाग्यमानी छु आमा ।
हो आमा आज मैले
तिम्रो पीडामा मल्हम लगाउन,
साँच्चै सिकेर आएकी छु,
अब मलाई कैले कोहीसँग चित्त दुख्ने छैन,
किनकि वर्षौ रोएका तिमीजस्तै आमाहरुलाई
हँसाउन मैले प्रण गरिसके,
तिम्रो मनमा छाएको बादल हटाउन
मैले प्रण गरिसके ।
विष पिएर हाँस्न मैले अब सिकी सके,
आफू जलेर अरुलाई
उज्यालो दिन जानिसके,
किनकि यो दुनियाँमा
मात्र तिम्रो आर्शीवाद भए,
म सारा दुनियाँको दर्द खप्न सक्छु,
आफ्नो सन्तानको लागि आज म पनि
तिमी जस्तै खोक्रो हाँसोले
जीवन सजाउन सक्छु ।
आमा, तिम्रो अस्तित्व छ
र, त म छु,
तिमी जीवित छेउ
र, त म छु,
किनकि,
तिमी बाहेकको दुनियाँले त
मेरो पसिनामा होली खेल्नेछन्
सयौं सपना देखाएर नाटक मन्चन गर्नेछन् ।
तै पनि म हाँसी हाँसी बलिदान हुनुपर्ने छ,
मलाई पनि तिम्रो बहादुर छोरीको उपमा पाउनु छ
आफना सन्ततिलाई सत्कर्मद्वारा जीवन रंगाउन,
मार्गनिर्देशन गर्नु छ, जीवन ज्योति दिनु छ ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त