नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित
शनिबार, १६ वैशाख २०८०, ०८ : ०६

काठमाडौँ । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंकको ६८ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरेको छ ।
उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७८ ७९ भित्र बैंक तथा वित्तीय संस्थाहरू मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो