दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको बताए ।
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्ध रहेको उनले जानकारी गराए ।
सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुले संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डा अन्तर्गत विश्वका १९३ देशहरुले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय