राष्ट्रिय जनशक्ति नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक, सुझाव माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनशक्ति नीति तर्जुमा समन्वय समितिको निर्णयअनुसार आन्तरिक छलफल प्रयोजनार्थ सरोकारवालाबाट राय सुझाव संकलनका लागि मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आफ्नो वेबसाइट मार्फत मस्यौदा सार्वजनिक गरेको हो । राष्ट्रको दीर्घकालीन सोच, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकास लक्ष्य, विषयगत मन्त्रालय तथा निकायका नीति, आवधिक योजनाका लक्ष्यलाई समेत सम्बोधन गर्ने गरी राष्ट्रिय जनशक्ति नीति २०८० तयार पारिएको मन्त्रालये जनाएको छ ।
भौगोलिक तथा क्षेत्रीय सन्तुलन तथा प्रादेशिक समानता हासिल गरी आम नागरिकको जीवनस्तर सुधार गर्न राष्ट्रिय जनशक्ति विकास नीति अपरिहार्य रहेको मन्त्रालयको ठहर छ ।
जनशक्ति विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नीति तथा मापदण्ड आवश्यक पर्ने भन्दै मन्त्रालयले त्यसको लागि मस्यौदा तयार पारेको हो ।
उक्त नीतिका आधारमा जनशक्ति विकास सम्बद्ध राष्ट्रिय प्रतिबद्धताहरू निर्धारण गरिएका छन् । जसमा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न सक्षम बनाउने, राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने जस्ता विषय समेटिएका छन् ।
राष्ट्रिय जनशक्ति विकास नीतिका पाँच उद्देश्य, दश नीति, २५ रणनीति र १०४ कार्यनीति निर्धारण गरिएको छ । राष्ट्रिय नीति २०८० को कार्यान्वयनको समीक्षा प्रत्येक ७÷७ वर्षको अवधिमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै